पिङ खेल्दा लडेर एक महिलाको मृत्यु

असोज १९ । सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको इचोक गाविसमा पिङ खेल्दा खेल्दै लडेर एक महिलाको मृत्यु भएको छ ।

दुबाचौर गाविस-६ निवासी रोशनी भारतीको पिङ खेल्नेक्रममा लडेर मृत्यु भएको हो ।

माइती बस्दै गरेकी भारती पिङ खेल्ने क्रममा लड्दा गम्भीर घाइते हुनु भएको थियो ।

उपचारका क्रममा काठमाडौँ ओमेन केयर अस्पताल केन्द्र बतीसपुतलीमा रहेकी भारतीको शनिबार दिउँसो मृत्यु भएको उहाका देवर ज्ञानेन्द्र भारतीले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु