कात्तिक १९ ।काठमाडौं, सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दूरी घट्नुको सट्टा थप बढ्न थालेको छ, नयाँ पत्रिका दैनिकले लेखेको छ ।
दुवै पक्षबीच दूरी घटाएर थप वार्ताको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिकामा पनि कोही छैन् । सरकार र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ३ चरणमा औपचारिक वार्ता भयो ।
तर उनीहरुबीच मुद्दामा सहजीकरण नहुदाँ वार्ता निष्र्कषतर्फ जान सकेको छैन् । यसअघि मध्यस्थकर्ताको भूमिकामा देखिएकाहरु अहिले निष्क्रिय छन् ।
दुवै पक्षबीच मध्यस्थकर्ता अभावमा राजनीतिक मुद्दा सल्टाउन समस्या भएको पूर्वराजदूत विजयकान्त कर्णले बताए।








