काठमाडौं । नेपाल र भारतबीच रक्सौल(काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुवै प्रधानमन्त्रीको उपस्थितमा नेपालका तर्फबाट रेल विभागका महानिर्देशक अनन्त आचार्य र भारतका तर्फबाट राजदूत मञ्जीभसिंह पूरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भएको भेटवार्तापछि सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार रक्सौल(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुनेछ । सम्झौताअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।








