असोज १७ ।काठमाडौ,१७ औं एसियाली खेलकुद प्रतियोगिताको इन्चोनको भिलेजबाट फरार भएका दुई खेलाडी नेपाल फर्किएका छन ।
उनीहरुलाई नेपालका सेफ दि मिसन छिमि उर्गेन गुरुङले नेपाल फिर्ता गरिदिएका हुन ।
दक्षिण कोरियाको इन्चोनमा जारी रहेको १७ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी दुई सफ्ट टेनिस खेलाडी भिलेजबाट हराएको दुई
दिनपछि पुन भिलेजमा फर्केका थिए । उज्वल स्थापित र शक्ति शर्मा दुई दिन हराएका थिए ।
उनिहरु बिहीबार पुनः भिलेनमा आएका थिए ।








