असोज ६ । अछाम,वर्षाका कारण सडक अरुद्ध भएकोले अछाममा जिल्लाको २६ क्षेत्रमा नुनको अभाव भएको छ ।
रामारोशन, शान्तडा, बाटुलासैन, चाफान्डौ, सुतार, भाछाकाटिया लगायतका गाविसमा नुनको अभाव भएको हो ।
बजारमा पनि नुन सकिएकाले अलिनो खाना खानुपर्ने बाध्यता आइलागेको चाफामाण्डौ गाविसका स्थानीयवासी परेकराज देवकोटाले बताउनुभयो ।
नुनका लागि जिल्लाको जैगड र साँफेबगर बजार जानुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो रहेको छ ।
स्थानीय मुजाबगर बजारमा समेत नुनको अभाव रहेको मुजाबगर बजार व्यवस्थापन समितिका सदस्य अनुराधा स्वारले बताउनुभयो ।
सडक अवरुद्ध भएकाले नुन ढुवानी हुन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन डिपो अछामका प्रमुख नरेश शाहले बताउनुभएको छ ।








