म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङ नजिक बिहीबार कालीगण्डकीमा जप्प खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गापा–७, घराम्दीबाट सदरमुकाम बेनीतर्फ गइरहेको लु २ च २४५४ नम्बरको रातो प्लेटको डवल क्याविन भएको बोलेरो जीप अपराह्न करिब ४ बजे कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीपमा चालक रवि खड्का र सविता परियार थिए । अन्य यात्रु भए–नभएको खुलेको छैन । घटनास्थलमा प्रहरी, स्थानीय पुगे पनि कालीगण्डकीमा पानीको सतह बढेकोले उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए । घटनास्थल बेनी–जोमसोम सडकको बेगखोला खड्डामा पर्छ ।








