असोज ६ । काठमाडौ,राजधानीस्थित ललितपुरको नख्खु कारागारमा रहेका एक चिनियाँ कैदी फरार भएका छन् ।
जिल्ला वन कार्यालय सिन्धुपाल्चोकबाट वन मुद्दामा १५ वर्ष कैद र एक लाख १,००,०००।– तोकिएका चिनियाँ नागरिक जु याङ खा फरार भएको ललितपुर प्रहरीले जनाएको छ।
उनलाई २०७० साल माघ २५ गते सिन्धुपाल्चोकबाट ललितपुरको नख्खु कारागार सारिएको थियो ।
आज बिहान लगनखेलस्थित पाटन अस्पतालको डेन्टल विभागमा उपचारका लागि ल्याईका खा परार भएका हुन् ।
प्रहरीले वर्ण गहुगोरो, उचाई अं.५.५ फिट, सेतोमा निलो रंगको ज्याकेट, निलो जिन्स पाईन्ट र खैरो स्पोर्ट सुज लगाएको हुलिया सार्वजनिक गरेको छ।
३७ वर्षीय खालाई देख्नु हुनेले प्रहरीमा खबर गर्न अनुरोधसमेत गरेको छ।








