निर्मलाका निम्ति न्याय माग्दै नयाँ शैली:देशभर घुम्ने भयो ‘सरकार भेटियो,न्याय भेटिएन’

काठमाडौं । सडक किनार र बिजुलीका पोलमा टाँसिएका तस्बिर सरकारले च्यातेपछि निर्मलाका निम्ति न्याय माग्दै संघर्ष गरिरहेका अभियानकर्ताहरुले नयाँ शैली अपनाएका छन्। निर्मला पन्त प्रकरणको दोषी पत्ता लगाएर निर्मलालाई न्याय दिन माग गर्दै स्वतन्त्र युवा समूहले आज नयाँ बसपार्कबाट राजधानी बाहिरिने सवारी साधनमा पोस्टर टाँसेका छन्।

उनीहरुले ‘सरकार भेटियो न्याय भेटिएन’नारासहितको पोस्टर बस, ट्याक्सीलगायतमा टाँसेका हुन्। देशका विभिन्न ठाउँमा पुग्ने बस तथा काठमाडौं उपत्यकाभित्र मात्रै चल्ने गाडीहरुमा पनि पोस्टर टाँसेका हुन् ।

सम्बन्धित शिर्षकहरु