अनेसास काव्य संध्या सम्पन्न,सर्जकहरूको विसेष जमघट
सिडनी,। अस्ट्रेलियाको सीड्निमा नेपाली साहित्य प्रेमिहरू विच विशेष जमघट सम्पन्न भएको छ। दर्जनौ कविता , गजल ,गित , प्रस्तुत सो कार्यक्रम सिड्नीको साहित्यिक माहोल बढाउन सहायक बनेको साहित्यप्रेमिहरूको प्रतिक्रिया रहेको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स को नियमित साहित्यिक कार्यक्रम “अनेसास काव्य संध्या” सिडनी को मुग्लान रेष्टुरेण्ट मा सुसम्पन्न भएको छ । संस्था की उपाध्यक्ष सानु घिमिरे को स्वागत बाट शुरु गरिएको उक्त कार्यक्रम मा गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया का अध्यक्ष महेन्द्र वली तथा आयोजक संस्था का अध्यक्ष महेन्द्र पौडेल ले अनेसास केन्द्रीय समिति का वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली लाई खादा र पुष्प गुच्छा ले सम्मान गर्नु भएको थियो । सोही अवसर मा राधेश्याम लेकाली को गीति संग्रह ँआगत” को साहित्यकार द्वय शोभाकान्त गौडेल र वेद कुमारी न्यौपाने सहित नेपाली समुदाय का अग्रज हरु रामजी विष्ट, श्री नापित तथा महेन्द्र लम्साल ले संयुक्त रुप मा लोकार्पण गर्नुभएको थियो भने अनेसास कै केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा ले उक्त कृति को छोटो समीक्षा गर्नु भएको थियो ।
बडो सरस र मनोरम बन्न पुगेको उक्त अनेसास काव्य संध्या मा थुप्रै कविता, गीत, मुक्तक र गजल हरु गुञ्जिएका थिए । अग्रज साहित्यकार हरु राधेश्याम लेकाली, शोभाकान्त गौडेल अनि वेद कुमारी न्यौपाने सहित सिडनी का चिरपरिचित साहित्यिक अनुहार हरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, निष्प्रभ सजी, सानु घिमिरे, कुमार गिरी, प्रदिप चापागाईं, सुरेन्द्र दवाडी, जानकी पौडेल, प्रतिज्ञा अधिकारी, विकास उप्रेती, निरज जोशी, ममता तिवारी, सिद्धीविनायक शर्मा आदि का रचना ले भावाद्वीप मा चढेको माहौल लाई महेन्द्र लम्साल र श्री नापित का गीत ले अझ मादक बनाएको थियो ।
संस्था का अध्यक्ष महेन्द्र पौडेल को सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम संस्था कै महासचिव विकास उप्रेती ले संचालन गर्नु भएको थियो ।
सम्मान र अभिनन्दन
अनेसासका विश्वका विभिन्न शाखा मध्ये अस्ट्रेलिया एन एस डब्लु शाखा ले साहित्यिक गतिविधिमा उल्लेखनिय कार्य सन्चालन गरे वापत सो अवसरमा अनेसास वरिस्ठ उपाध्यक्ष लेकालीले च्याप्टरलाई केन्द्रिय कार्य समितिको तर्फ बाट सम्मान गर्नु भयो । एनएस डब्लु च्याप्पटरले उदाहरणिय कार्य गरे वापत यो सम्मान दीईएको सो अवसरमा लेकालीले बताउनु भयो । यस्तै अनेसासको अन्तर्द्रिस्टि प्रकाशनमा सल्लाहकार सम्पादक को रुपमा योगदान पुर्याए वापत केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा लाई र सम्पादक मण्डलमा रहि योगदान पुर्याए वापत सानु घिमिरेलाई समेत अनेसास केन्द्रिय कार्य समितिको तर्फ बाट सम्मान गरिएको थियो ।









