तीन करोड फिरौती असुल्न खोजेको आरोपमा बहुल राष्ट्रिय पार्टीका अध्यक्ष पक्राउ

भदौ २६ ।ताप्लेजुङ,तीन करोड फिरौती असुल्न खोजेको आरोपमा बहुल राष्ट्रिय पार्टी ताप्लेजुङ अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष मनिष हेल्लोकसहित तापेथोक-७ का २४ वर्षिय दर्शन लिम्बु र फुरुम्ब-१ का २६ वर्षिय सावाहाङ लिम्बुलाई अनुसन्धानका लागि ताप्लेजुङ सदरमुकामबाट पक्राउ गरिएको पाँचथर प्रहरी कार्यालयका इन्स्पेक्टर मेघाराज थापाले जानकारी दिनु भयो ।

तीन जनालाई थप अनुसन्धानका लागि बिहीबार हिानै पाँचथर लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी मेघराज कँडेलले जानकारी दिए । तापेथोक–८ घर भई हाल ताप्लेजुङ नगरापालिका–४ निवासी २८ वर्षिय अध्यक्ष हेल्लोक र सहयोगी विरुद्ध पाँचथर प्रहरीमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । पाँचथरबाट थापाको नेतृत्वमा आएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सहयोगमा तीनै जनालाई पक्राउ गरेको थियो । काबेली ए जलविद्युत परियोजना ३३ केभिए प्रसारण लाइनका ठेकेदारकर्मचारीलाई पाँचथरको भारपामा बन्दक बनाई ३ करोड फिरौती माग गरेको प्रहरी स्रोतले जनायो । यद्यपी कहिले र कुन मितिमा, क–कसलाई, कहाँ,कति दिन बन्धक बनाएको विषयमा इन्स्पेक्टर थापाले कुनै कुरा खुलाएनन् । बुधबार सदरमुकाम आइपुगेको प्रहरी टोलीले तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर पक्राउ गरि अध्यक्ष हेल्लोकको घर खानतलासी गरेको थियो । उनको घरबाट १ थान अमेरिकन पेस्तोल र १ थान गोली बरामद गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो । प्रहरीले ताप्लेजुङमा पक्राउ गरि घर खानतलासीका क्रममा १ थान पेस्तोल,१ थान गोली र क्रान्तीकारी पार्टीको पर्चा फेला पारेको छ ।

सम्बन्धित शिर्षकहरु