खेलकुद क्षेत्रको विकाससम्बन्धी श्वेतपत्र जारी गर्नेछुः सदस्यसचिव बिष्ट

bistaसार २६ । काठमाडौँ, खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार विष्टले आफ्नो कार्यकालमा मुलुकको खेलकुद क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी आगामी साउन १ गते श्वेतपत्र जारी गर्न लागेको बताएका छन् । हालसम्म खेलकुद क्षेत्रमा भए गरेका कामहरुका बारेमा पनि श्वेतपत्रमा उल्लेख गरिने उनको भनाइ छ ।

नेपाल क्वान मुकान कराँते डो सङ्घले सम्मान र बेल्ट वितरण गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राखेर उचित ढङ्गबाट विकास गरी स्वर्णकाल बनाउने आफ्नो लक्ष्य रहेको स्पष्ट गरे।

कार्यक्रममा पत्रकारिता क्षेत्रबाट समाजका विभिन्न क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई अभिनन्दन गर्नुका साथै खेलाडीहरुलाई बेल्ट वितरण गरिएको थियो ।

अभिनन्दित धमलाले खेलकुदलाई राजनीतिबाट मुक्त गर्न सकिएमा खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन सकिने विश्वास व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु