काठमाडौं, वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालले बिस्तारित केन्द्रीय परिषदका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।
शनिबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा जारी केन्द्रीय परिषद बैठकमा २ सय ४५ जना केन्द्रीय परिषद सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । बैठकको सुरुमा सबै सदस्यहरुले नयाँ शक्तिले तयार गरेको आचारसंहितसहित शपथ ग्रहण गरेका थिए ।
शपथग्रहणसँगै नयाँ केन्द्रीय परिषद सदस्यहरुलाई एक एक गर्दै उठाएर परिचय गराएका थिए । ३५ जनाबाट सुरुभएको केन्द्रीय परिषद दोस्रो चरणमा २२ जना थप गरेपछि ५७ बनेको थियो । आज थप बिस्तारित गर्दै २ सय ४५ सदस्यीय बनाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
२६० सदस्यीय परिषद बनाउने घोषणा गरेको नयाँ शक्ति नेपालले नवआगन्तुकलाई थपेर परिषदलाई पूर्णता दिने बताइएको छ । बैठक आइतबारसम्म जारी रहनेछ ।
डा. बाबुरामको नयाँ शक्तिमा फेरि को को थपिए?
Naya-Shakti-Nepal-Dhobighat-Meeting-2
Naya-shakti-Centre-council-member-list3
Naya-shakti-Centre-council-member-list4Naya-shakti-Centre-council-member-list5








