सिड्नी।
देश भनेको भुगोलमा मात्र सिमित छैन , मन र भावनामा पनि हुने रहेछ । नेपाली पाइलाहरू जहाँं जहाँं पुग्छन ,वास्तवमा देश पनि त्यहि सम्मनै तन्किने रहेछ । प्रकृतिको कठिन परिक्ष्याका वाबजुत पनि, पानी र झरि विचमा पनि नेपाल महोत्सवमा नेपालीहरूको जुन उत्साह एवं एकताको प्रदर्शन गरे त्यो अत्यन्त सर्हानिय छ । नेपाल वाहिर नेपाल प्रेम दर्शौंउंदै ३०औं हजार नेपाली एकैसाथ भेला भएको सम्भवत यो पहिलो हुनुपर्छ । करिव ३ महिना लगाएर ३२ जना कलाकार र २०० जना स्वयंसेवक र २२ आयोजना समिती ,उपसमिति मिलेर आफ्नो पहिचान र रास्ट्रियाता चिनाउन गरेको यो पहल उदाहरणिय थियो । सबै जाति, भाषा ,धर्म, वर्ग ,समुह एकै साथ समेटिएको यो एकता नेपाल निर्माणको लागि प्रेरणा बन्न सक्छ । कार्यक्रममा नेपाल बाट आएका अतिथि कलाकारहरू अनिल सिंह ,निमा रुम्बा , शिरिश देवकोटा , रोमा न्यौपाने लागायतको जोडदार प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बनेको थियो । करिव ५० भन्दा बढी प्रस्तुति रहेको सो कार्यक्रममा राइ नेपाली नाच , तमाङ नेपाली नाच , धिमाल नेपाली नाच लगायत नेपालका विभिन्न जात -जाति र भाषा भाषिका रोचक प्रस्तुति रहेको थियो । नेपाल चिनाउन नेपाल प्रवर्द्दनका विविध सामाग्री राखिएको सो ‘नेपाल हाउस ‘ विशेष अकर्षण बनेको थियो विदेशिहरूका लागि। नेपाली भाषा साहित्य समेतको सम्मानमा यस पटकको महोत्सवमा छुट्टै स्टल राखिएको थियो । विदेशिहरूको समेत चासो पूर्ण उपस्थिती रहेको सो महोत्सवमा नेपाली खानाका परीकार , ईन्द्र जात्राको ,झाक्रि देखि लाखे को प्रस्तुति तथा नेपाली ब्यवसायका स्टलहरू थिए । यो पटकको महोत्सबमा सबै पक्ष र वर्गलाई समेटिएको ले कार्यक्रम अत्यन्त उत्साहपुर्वक सम्पन्न भएको महोत्सव अन्तर्गत सान्स्कृतिक समितिका प्रमुख विनोद मैनाली बताउनुहुन्छ । पानी का वाबजुत पनि दर्शकहरूको उल्लेखनिय उपस्तिथि हुनुमा नेपाली नेपाली विचको एकता नै प्रमुख कारक बनेको आयोजकहरू मध्येका भरत देवकोटा र भुवनहरी पाण्डे बताउनु हुन्छ । पाथिभरा जेष्ठ नागरिक श्रद्दाश्रमका लागि महोत्सव बाट करिव ३० लाखको प्रतिवद्दता आएको गैरावसिय नेपालीइ संघ (एन आर एन ) अस्ट्रेलिया परोपकारी समितिका संयोजक रमेश पाण्डे बताउनुहुन्छ । औपचारिक कार्यक्रम अन्तर्गत अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका प्रतिनिधि ,अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल , एन एस डब्लु कन्सुलेट जनरल दीपक खड्का , एन आर एन अध्यक्ष शेष घले , एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वलि,महासचिव भरत पोख्रेल
एन आर एन पुर्व अध्यक्ष हरू तथा नेपाली समुदायका प्रतिनिधिहरू ले नेपाली समुदायको वारेमा आ-आफ्ना धारणा राखेका थिए । एम एन टिभिले प्रत्यक्ष प्रसारण गरेको सो सो महोत्सवलाई भीमसेन सापकोटा , उषा वारीया , जिना के सि , भीमसेन गुरुङले आकर्षक रुपमा सन्चालन गरेका थिए । नेपाली गीत संगीत, नृत्य, खानाका परिकारहरु, हस्तकलाका समान र नेपालीको ब्यवसायबारे जानकारी फेष्टिभलको मुख्य आकर्षण रहेको थियो । यो वर्ष नेपाल फेष्टिभललाई भब्य बनाउन २२ वटा बिभिन्न तयारी समितिहरु बनाईएको थियो । फेष्टिभलमा अस्टेलियाको सत्तारुढ लिभरल र विपक्षी लेवर पार्टीका केन्द्रिय नेताहरु, बिभिन्न देशका राजदुतहरु, अस्ट्रेलियन नेपाली मित्रहरु र हजारौं नेपाली सहभागी बनेको फेष्टिभल संयोजक हरि राम्जिाली बताए बताउनुहुन्छ । फेष्टिभलमा ३२ वटा स्टल रहेका थिए ती मध्ये १० वटा फुड स्टल र बाँकी २२ वटा स्टलहरुमा विभिन्न ब्यवसियक क्षेत्रलाई छुट्याएको आयोजक मध्एका एक भुवन हरी पाण्डे बताउनुहुन्छ । सन् २००६ देखि शुरु भएको नेपाल फेष्टिभलमा हरेक वर्ष दर्शकको सहभागिता बढ्दैछ। आयोजकका अनुसार यो वर्ष ३० हजारले यो महोत्सव अवलोकन गरेका थिए । एन आर एन अस्ट्रेलिया , नेपालीइ दुतावास , न्यु साउथ वेल्थ कन्सुलेट जनरलको कार्यालय तथा नेपाली समुदायका विभिन्न संस्था हरूको समन्वयमा सो महोत्सव आयोजना गरिएको हो।













