लोडसेडिङ सातामा ५७ घन्टासम्म हुने

भदौ २१ ।काठमाडौ, नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ सातामा ५७ घन्टासम्म पुर्याएको छ । साविकको तालिकामा केही हेरफेर गर्दै तालिकामा केही समय परिर्वतन गरेको हो ।

प्राधिकरणको नयाँतालिका अनुसार यसअघि सातामा ५२ घन्टा हुँदै आएको लोडसेडिङ अब ५७ घन्टासम्म हुनेछ ।

भार प्रणालीमा लोड वृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु