भदौ १९ ।काठमाडौ,नेपाल र भारतबीच हुने विद्युत ब्यापार सम्झौताका विषयमा हिजोदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको छ ।
भारतले नेपालको प्रस्तावका विषयमा सकारात्मक सन्देश दिएकाले आज सहमति हुने गरी वार्ता गर्ने नेपाली टोलीले जनाएको छ ।
नयाँ दिल्लीमा जारी वार्ताको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेतृत्व गर्नुभएको छ । विद्यूत विकास सम्झौता पीटीए गर्न नेपालसमक्ष भारतले पठाएको प्रस्तावमा नेपालका तर्फबाट पनि जवाफ गइसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा २५ दिनभित्र पीटीए गर्ने सहमति भएको थियो ।
भारतका ऊर्जा सचिव नेतृत्वको टोलीसित नेपालले प्रस्ताव गरेको प्रस्तावित विद्युत व्यापार सम्झौताको मस्यौदामा लागातार वार्र्ता हुनेछ ।
हिजोदेखि भारत प्रस्थान गरेको नेपाली टोली भारतीय अधिकारीसँग वार्ता गरी भोलि स्वदेश फर्कनेछ ।







