बेलायतको कडा कानुन सार्वजनिक

भदौ १७ ।लण्डन, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले जिहादी समूहसँग लड्न जाने बेलायती नागरिकलाई रोक्न कडा कानुन सार्वजनिक गर्नु भएको छ ।

मध्यपूर्वका देशहरुमा इस्लामिक चरपन्थीहरुले जारी राखेको आन्दोलनमा सहभागी हुन जाने आफ्नो देशका नागरिकलाई जान नदिन पहिलो चरणमा प्रहरीलाई अधिकार सुम्पिएको प्रधानमन्त्री क्यामरुनले संसदलाई जानकारी गराउनु भएको छ ।

उहाका अनुसार ती देशहरुमा जाने बेलायती नागरिकलाई प्रहरीले कडा निगरानीमा राख्ने र राहदानी समेत जफत गर्ने छ ।

यसका साथै हवाई यात्रा गर्ने यात्रुहरुमा पनि कडा चेकजाँच गर्ने अधिकार प्रहरीलाई प्रदान गरिएको छ ।

उक्त नियमलाई कडाईका साथ पालना गराउन अन्य राजनीतिक दलसंग पनि छलफल अघि बढार्ईएको क्यामरुनको भनाई छ ।

स्लामिक स्टेट तथा अन्य चरम्पन्थी गुटबाट लड्न करिब पाँच सय बेलायती नागरिक मध्यपूर्वी देशमा पुगेको अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु