भदौ १०, काठमाडौँ – नेपाली तोक्वान्दोको विस्वब्यापी संगठन युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अस्ट्रेलिया च्याप्टर गठन गरिएको छ । अष्ट्रेलियाको मेलवोर्नमा हालै सम्पन्न नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युयुएनटिएफको अष्ट्रेलियन च्याप्टर गठन गरेको हो ।
च्याप्टरको कार्य समितिको सचिवमा माधव धानुक र कोषाध्यक्षमा भिमसेन गौतम हुनुहुन्छ । सहकोषाध्यक्षमा शशी पराजुली तथा तीन जना सदस्यहरूमा हिरा महर्जन, रिकेश महर्जन र जीवन श्रेष्ठ जोशी रहनुभएको छ।
डिबी राना, हेमन्त काफ्ले र स्वयम्भुराज डंगोलले सल्लाहकारको जिम्मेवारीमा चयन हुनुभएको छ । भेलामा अमेरिकाबाट आएका युयुएनटिएफका वोर्ड सदस्य दिवाकर डान महर्जनको पनि उपस्थिति थियो ।
च्याप्टरले अध्यक्ष रानालाई युयुएनटिएफ हेडक्वार्टर फठाउने निर्णय समेत गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।








