फेवाताल किनारमा गएको पहिरोमा परी चार वेपत्ता

भदौ ९ । कास्की, पोखरा फेवातालपारिको किनारमा रहेको टिपिकल रेस्टुरेन्टलाई पहिरोले पुर्दा चार जना वेपत्ता भएका छन ।

रेस्टुरेन्ट पुरिँदा त्यहाँ कार्यरत चारजना कामदार बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर, धादिङका राम मगर र रामेछापका भुवन मगर रहेका छन् ।

बेपत्ता चारै जनाको खोजि भईरहेको छ । राति करिब २ बजेतिरको पहिरो गएको सोही पहिरोले रेस्टुरेन्टलाई बगाएको हो ।

सम्बन्धित शिर्षकहरु