बर्दियाको सीमा क्षेत्रमा प्रहरीका लागि आवास भवन बनाइदै

गुलरिया । बर्दियाको गुलरियामा सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण कार्य सुरु गरिएको छ ।

स्थानीय तहद्वारा गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा सुरु गरेको आवासीय भवन निर्माण कार्यमा १० लाख रुपैयाँ खर्चिने अनुमान गरिएको छ ।

गर्मीयामसँगै सर्पको बिगबिगी, हावाहुरी र वर्षाबाट पालको बसाइ निकै असुरक्षित रहेका कारण प्रहरीलाई सुरक्षित गराउन स्थानीय तहले यस्तो योजना सुरु गर्न लागेको हो ।

उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताए।

बर्दियाका सबै पालिका मिलेर सीमामा आवासगृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र बनाउन शुरु गरेका छन्।

बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँचचौकी पाल र त्रिपालबाट बनेका छन्।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु