असनेपाल न्युज सम्बाददाता–
भदौ ४, काठमाडौं । क्रिकेट खेलकाे इतिहासमै पहिलाेपटक नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको छ । भर्खरै सम्पन्न अन्तिम खेलमा आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि जितेको हो । उमेर समूहमा नेपालको यो २००९ पछिको पहिलो उपाधि समेत हो ।

नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दि एभने रवि चन्दले ३२ रन जाडे ।
नेपालले ९ विकेटको क्षतिमा ४० ओभरमा १६१ रनको बनाएको थियो। नेपालका लागि रवि चन्दले ३४ रनको योदान गरे भने पवन सर्राफले सर्वाधिक ४४ रनको योगदान बनाए। २६ बल खेलेका पवनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। यस्तै मलेसियाका एम इस्लाहले ३२ रनमा ४ विकेट लिए।








