नेपाली सुपर हिट नायक श्रीकृष्ण श्रेष्ठको निधन

नेपाली सिने जगतका चक्लेटी नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ।

स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनुभएका  नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको हो ।

श्रीकृष्ण विवाहलगत्तै स्वास्थ्यमा समस्या आएपछि उपचारको सिलसिलामा दिल्लीमा हुनुहुन्थ्यो ।

२०४५ सालमा भूमरी फिल्मबाट नेपाली रजतपटमा पाइला राख्नुभएका नायक श्रीकृष्णले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रुपमा आफ्नो अभिनय यात्रा थाल्नु भएको थियो।

दर्जनौ सफल चलचित्र नेपाली सिने जगतलाई दिन सफल ४९ वर्षे नायकले हालै मात्र आफ्नै लगानीमा बनाएको ‘कोहिनूर’ फिल्म गत शुक्रबारदेखि प्रदर्शनरत छ।

गत असार २७ गते नाबबिबाहित श्रीमती तथा हिरोइन श्वेता खड्काका साथ उहा उपचारका लागि दिल्लीस्थित एपोलो हस्पिटलमा हुनुहुन्थ्यो । गम्भीर निमोनियाले सताएका नायक श्रेष्ठको एपोलो अस्पतालमा उपचार भइरहेको थियो।

सम्बन्धित शिर्षकहरु