पहिरोकोबाट संभावित जोखिमको कारण म्याग्दी बगरफाँटका बासिन्दा त्रासमा

म्याग्दी २१ । बस्तीको माथिल्लो भागबाट तीन दिनदेखि लगातार खसेको पहिरोका कारण म्याग्दीको बेनी नगरपालिका-४ बगरफाँटका बासिन्दा

त्रसित बनेका छन । निदाएको बेलामा पहिरो आएर लैजाला भन्ने डरले उनिहरु रातभर पनि नसुतिकन बस्न वाध्य भएका छन ।

म्याग्दीको भकिम्ली गाविस-९ तोराखेतबाट खसेको पहिरो मङ्गलबार रातिदेखि झन् बढ्न थालेपछि बगरफाँटका बासिन्दा त्रसित बनेका छन् ।

पहिरोले गाउँदेखि माथि रहेको बगफाँट सामुदायिक वन पुरेर खाउँतर्फ सोझिन सक्ने लक्षण देखाएपछि गाउँले थप चिन्तित बनेका छन् ।
बगरफाँटका बासिन्दाहरुका अनुसार उनिहरु ठूलो आवाजमा रातभरी पहिरो खसेपछि डरले परिवारसहित घर बाहिर बसिरहेका छन ।

गाउँको सिरानमा भीर र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ अहिले तोराखेतको पहिरोका कारण खतरामा परेको छ ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन चर्केको र त्यहीँबाट पहिरो खस्न थालेको तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले जानकारी दिनु भयो ।

मङ्गलबार दिरभर र रातभर खसेको पहिरो आज बिहानसम्म रोकिएको छैन । लेदो माटोसहित बगेको पहिरोले बगरफाँट सामुदायिक वनमा क्षति पुर्‍याउनुका साथै बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाको पाइपसमेत बगाउने सम्भावना बढेको गाउँलेहरूले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु