अस्ट्रेलिया, नेपाली अस्ट्रेलियन युथ यसोसिएसन नयाले नेपाली समुदायको शिर उचो पार्ने प्रतियोगिहरू सन्तोष कुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ र संजिव चौधरी यही बर्ष हङ्गेरिको बुढापेस्टमा हुने अन्तर्राष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगिता पठाउन विदाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगितामा अस्ट्रेलियाको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली समुदायका तिन युवाहरूलाई सफलताको शुभकामना दिने उदेश्यले एक बिशेष कार्यक्रम गरेको हो ।
आइतबार एभरेस्ट फङ्सन सेन्टर कोग्रामा सम्पन्न उक्त कार्यक्रममा अस्ट्रेलियाका बिभिन्न राज्यबाट आउनु भएका विशिष्ट महानुभावहरू, पत्रकार, एनआरएन अस्ट्रेलियाका पदाधिकारीहरू, ब्यापारी एवं नयाँका पदाधिकारीहरू र अन्य महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








