जियाको आत्महत्या प्रकरणमा फस्ने भए सुरज पञ्चोली

मुम्बई । मुम्बई अदालतले बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा बलिउड अभिनेता सुरज पञ्चोली विरूद्ध आरोप पत्र तयार गरेको छ । न्यायाधीश के.डी. सिरबाटेले २७ वर्षे पञ्चोलीलाई भारतीय पेनड कोड ३०६ अन्तरगत आत्महत्याका लागि प्रेरित गरेको मुद्दा तय गरेका हुन् ।

आरोपलाई पञ्चोलीले अस्वीकार गर्दै आएका छन् । यो प्रकरणमा साक्षीहरूको बयान फेब्रुअरीबाट सुरू हुने उनका वकिल प्रशान्त पाटिलले जनाएका छन् । जिया अमिताभसँग ‘निशब्द’ फिल्मबाट डेब्यू भएपछि चर्चामा आएकी थिइन् । आत्महत्या गरेको दुई दिन अगाडिसम्म जिया पञ्चोलीको निवासमा बस्दै आइरहेकी थिइन । आत्महत्याको दिन उनी सुरजको घरबाट आफ्नो निवास फर्किएकी थिइन् ।

सन् २०१३ मा घटेको यस घटनामा सुरजको संलग्नता थियो कि थिएन भन्ने पत्ता लगाउनका लागि उनको पोलिग्राफ परीक्षण हुनुपर्ने माग गरिदै आइएको छ जसलाई सुरजले अस्वीकार गर्दै आइरहेको छन् । जियाकी आमा राबियालेआफ्नी छोरीको आत्महत्या नभई हत्या भएको भन्दै सो घटनामा सिबिआइ जाँच हुनुपर्ने माग गरेकी थिइन । उनको मागपछि घटनाको जाँच सिबिआइले गर्दै आएको छ ।

सिबिआइ अनुसन्धानले घटनामा सत्यतथ्य लुकाइएको र जानकारी संशोधन गरिएको बताउँदै आएको छ । सिबआइले घटनास्थलबाट प्राप्त जियाको तीन पाना लामो आत्महत्या पत्रमा उनीमाथी शारीरिक शोषण, कुटपिटको साथमा भौतिक एवं मानसिक हिंसा भएको उल्लेख गरेकी छन् ।

पत्रमा सुरजको नाम कतै उल्लेख नभएपनि घटनाक्रमले सो काममा सुरज संलग्न देखिएको सिबिआइको ठहर छ । सुरज बलिउड अभिनेता आदित्य पञ्चोली तथा अभिनेत्री जरिना ओहेबका छोरा हुन् । उनलाई सलमान खानले ‘हिरो’ फिल्मबाट बलिउडमा डेब्यू गराएका थिए । – एजेन्सी

सम्बन्धित शिर्षकहरु