कैदी बन्दीबीच झडप हुँदा सात जना घाइते

साउन २१ । पर्वत,पर्वत जिल्ला कारागारमा कैदी बन्दीबीच झडप हुँदा सात जना कैदी घाइते भएका छन् । मङ्गलबार साँझ भएको घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

कारागारमा साँझ साढे ८ बजे झडप हुँदा कैदीका चौकीदार ज्ञानु पाइजा, प्रेम तामाङ, लिला खर्बुजा, आनन्द केसी, रत्न न्यौपाने, अमृत न्यौपाने र विक्रम सुवेदी घाइते भएका छन् ।

घाइतेमध्ये आनन्द केसीको अवस्था गम्भीर छ । घाइते कैदीहरूको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो ।

खाना खाएर बसेका कैदीका दुई समूहबीच झडप भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

अहिले स्थिति नियन्त्रणमा लिइएको र घटनाको छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु