अनेसास केन्द्रिय अध्यक्षमा बिश्वकर्मा निर्वाचित

साउन १५ । भर्जिनिया, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दुई बर्षको लागि चयन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा पदम विश्वकर्मा चयन हुनु भएको छ ।

नँया कार्यकारी समितिमा अध्यक्ष पदम विश्वकर्मा,अमेरिका, बरिष्ठ उपाध्यक्ष- राधेश्याम लेकालीनेपाल, उत्तर तथा दक्षिण अमेरिकाक्षेत्रीय उपाध्यक्षराम खत्रीअमेरिका,एशियाका क्षेत्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ जापान, युरोपका क्षेत्रीय उपाध्यक्ष सुमलकुमार गुरुङ बेलायत,अष्ट्रेलियाका क्षेत्रीय उपाध्यक्ष भिमसेन सापकोटा, अष्टेलिया,महासचिव– गोबर्धन पुजाअमेरिका, सचिव प्रकाश नेपाल, अमेरिका तथा कोषाध्यक्ष–गीता पन्थले सपथ लिएका थिए ।

अनेसास-बोर्डअफ ट्रस्टीका अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदी तथा केन्द्रिय कार्यसमितीका अध्यक्ष श्रीमती गीता खत्रीको पनि उपस्थिति रहेको थियो ।

विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अनेसासले आगामी कार्यकाल २०१४ देखि २०१६ को लागी नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको हो ।

भानुजयन्ती तथा बार्षिक साधारण सभाका प्रमुख अतिथि अमेरिकाको लागी नेपालका कार्यबाहक राजदुत ऋषीराम घिमिरेले उद्घाटन गरेको कार्यक्रममा अमेरिका भ्रमणमा रहेका बरिष्ठ प्राध्यापक (समालोचक) डा. खगेन्द्र लूईटेल तथा बिशेष अतिथि साहित्यकार कृष्ण धराबासी रहनु भएको थियो ।

निर्वाचन प्रमुख विमल नेपालले अनेसासको नयाँ केन्द्रिय कार्यसमितीमा निर्बाचित भएको घोषणा गर्नु भयो ।

निर्वाचन समितिका सदस्यहरु तीर्थ पाण्डे, धनीराम सापकोटा, निर्बाचन पर्यबेक्षकहरु खेम भट्टचन तथा डा० भिम कट्टेलसमेतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शिर्षकहरु