माघ ८ पछी प्रधानमन्त्री के पी ओली !

mahesh-basnetपुस २२, काठमाडौं – उद्योगमन्त्री महेश बस्नेतले माघ ८ पछि नैतिकतामा आधारमा यो सरकारले राजिनामा दिएर नयाँ सरकार बन्नुपर्ने बताउनु भएको छ । त्यसरी बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष के पी ओलीले पाउनुपर्ने पनि उहाको जिकिर छ ।

युवा सङ्घ नेपालले आज काठमाडौँमा गरेको एक कार्यक्रममा मन्त्रि बस्नेतले माघ ८ मा संविधान जारी भएपनि नभएपनि नैतिकताका आधारमा वर्तमान सरकार परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको हो ।

सङ्घका अध्यक्षसमेत रहनुभाएका उद्योगमन्त्री बस्नेतले कांग्रेस र एमालेको सरकार माघ ८ मा संविधान जारी गर्न बनेको र माघ ८ पछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले सामाजिक सद्भाव कायम गर्ने, विकेन्द्रीकरणको अवधारणा बोकेको, हिमाल, पहाड र तराई सबै नेपाली एकताबद्ध भएर मिलेर बस्ने खालको सङ्घीयता मुलुकलाई आवश्यक भएको भन्दै जातीय आधारमा सङ्घीयता बन्दा राष्ट्रको हित नहुने विचार व्यक्त गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु