संखुवासभामा गएको पहिरोमा परी ५ को मृत्यु, ५ वेपत्ता

साउन १९ । संखुवासभा, संखुवासभाको स्याबुन गाविस-३ फच्याङमा आज बिन गएको पहिरोले पुरेर ५ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका मध्ये कृतिमान कोइराला, पत्नी देवीमाया कोइराला र छोरी तुलसा मेहरमान कोइराला र उनका छोरा प्रज्वलको पनि शव फेला परेको प्रहरिले जनाएको छ ।

पहिरोमा परी वेपत्ता प्रअ कोइराला, उनकी पत्नी सम्झना कोईराला, बुवा इन्द्रबहादुर कोईराला, छोराहरु रतनको अवस्था अझै खुल्न सकेको छैन । घटनास्थलबाट पुर्णका छोरा प्रज्वलको शव निकालिएको छ ।

राति झरेको पहिरोले कोइराला परिवारका तीनवटा घर पुरेको थियो ।

पहिरोले पुरिएका मध्ये ५ जनाको शव निकालिसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पहिरोले चिङ्खुवा निम्नमाध्यमिक विद्यालयका प्रधानध्यापक पुर्ण कोइरालाको सहित ३ घर पुरेको थियो ।

बिहीबारे प्रहरी चौकीका इन्चार्ज असई इश्वर कार्कीका अनुसार हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पहिरोमा परेका अन्यलार्इ पनि जीवितै उद्दार गर्न सकिने अवस्था नरहेको असर्इ कार्कीले बताए । घटनास्थलमा बिहीबारे प्रहरी चौकी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।

सदरमुकाम खाँदबारी र चैनपुरबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोली प्रस्थान गरी सकेको प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले जानकारी दिए ।
घर माथिबाट झरेको पहिरोले थप १० घर उच्च जोखिममा रहेका असई इश्वर कार्कीले जानकारी दिनु भयो । झै पनि थुप्रै घरहरु उच्च जोखिममा छन्

सम्बन्धित शिर्षकहरु