अमेरिकामा अनेसासको साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

असनेपाल न्युज सहयोगी/

साउन १४, डिसी- अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोह वासिंगटन डिसी, अमेरिकामा सम्पन्न भएको छ  । गत जुलाई २७, २०१४ का दिन सम्पन्न समारोहमा २०१ औ भानुजयन्ती पनि भब्य रुपमा मनाइएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरु
कार्यक्रममा उपस्थित महानुभावहरु

अनेसासको नवनिर्वाचित कार्यसमिति निम्नानुशारको छ

१) अध्यक्ष – श्री पदम विश्वकर्मा, अमेरिका

२) बरिष्ठ उपाध्यक्ष– श्री राधेश्याम लेकाली, नेपाल

३) क्षेत्रीय उपाध्यक्ष, उत्तर तथा दक्षिण अमेरिका– श्री राम खत्री, अमेरिका

४) क्षेत्रीय उपाध्यक्ष, एशिया– श्री प्रकाश पौडेल माइला, जापान

५) क्षेत्रीय उपाध्यक्ष, युरोप– श्री सुमलकुमार गुरुङ, बेलायत

६) क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया– श्री भिमसेन सापकोटा, अष्ट्रेलिया

७) महासचिव– श्री गोवव्र्दन पूजा, अमेरिका

८) सचिव– श्री प्रकाश नेपाल, अमेरिका

९) कोषाध्यक्ष– श्री गीता पन्थ, अमेरिका

समारोहमा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण कार्यक्रम रहेको थियो । निर्वाचन आयुक्त श्री धनिराम सापकोले नवनिर्वाचित पदाधिकारीहरुको नामावली प्रस्तुत गरिएको थियो । सपथग्रहण पश्चात् नवनिर्वाचित अध्यक्ष श्री पदम विश्वकर्माले भाबी कार्यक्रमका साथ आफ्नो मन्तब्य प्रकट गर्नु भएको थियो ।यसै गरि प्रा.डा खगेन्द्रप्रसाद लुइटेल, साहित्यकार कृष्ण धाराबासी, प्रमुख अतिथि ऋषिराम घिमिरेले केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै नवगठित केन्द्रीय कार्यसमितिको कार्यकाल पूर्ण सफलताको शुभकामनासहित सुझाव र आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदुत ऋषिराम घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो भने बरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेल, अनेसासका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रष्टी चेयरम्यान होमनाथ सुवेदी, साहित्यकार कृष्ण धारावासी, प्रमुख निर्वाचन आयुक्त विमल नेपाल विशेष अतिथि हुनुहन्थ्यो । कार्यक्रममा अध्यक्ष श्रीमती गीता खत्रीले प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुलाई खादा प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कावा राजदुत घिमिरेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुबाट भानुको तस्वीरमा माल्र्यापण गरिएको थियो । कार्यक्रममा भानु जयन्ती समारोह समितिका संयोजक एवं अनेसास डिसी च्याप्टरका अध्यक्ष प्रकाश नेपालले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो र सो अवसरमा कोलोराडोका छन्द कवि देव भट्टराईले शार्दुलविक्रिडित छन्दमा लेख्नुभएको भानुभक्तसम्बन्धी कविता स्काइपद्धारा सहभागीहरुलाई सुनाउनु भएको थियो ।

यस अवसरमा अध्यक्ष गीता खत्रीले दुई वर्षको आफ्नो अनुभव, अनुभूति व्यक्त गर्दै यस अवधिमा प्रशस्त गतिविधिहरु सम्पन्न भएका बारेमा उल्लेख गर्दै यी सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, च्याप्टरहरु, च्याप्टरका पदाधिकारीहरु, आजीवन सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो र वर्तमान विधान संशोधन गर्न केन्द्रीय कार्यसमितिबाट अथक प्रयास भएतापनि बोर्ड अफ ट्रष्टीबाट उक्त विधान पारित हुन नसकेकोमा दुख व्यक्त गर्नुभएको थियो । यसै गरी संस्थापक अध्यक्ष तथा बि ओ टी चेयर होमनाथ सुवेदीबाट साधारण सभालाई सम्बोधन गर्दै पुरानो कार्यसमितिले सम्पन्न गरेका कार्यहरुको प्रशंसा गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ र शुभकामना ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा महासचिव पदम विश्वकर्माले यस अवधिमा सम्पन्न गतिविधिहरुको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अनेसासलाई सहयोग गर्ने साहित्यप्रेमीहरु, निर्वाचन आयोगका पदाधिकारीहरु, पर्यवेक्षण समितिका सदस्यहरु, विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने कार्यक्रमका संयोजकहरु, भानुव्दीशतवार्षिकी कार्यक्रम आयोजना गर्ने च्याप्टरहरु, यस कार्यकालका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसापत्रव्दारा प्रशंसित गरिएको थियो । उक्त अवसरमा त्रि.वि. नेपाली विभागका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलबाट लेखक रामप्रसाद सुवेदीको म्याग्दी स्रष्टा र सृष्टि समालोचना कृतिको विमोचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा साहित्यकारहरु राम अधिकारी, कल्पना सत्याल, मन्जु विमली, पुनम काफ्ले, तीर्थराज पाण्डेय, डा. भिम कट्टेल, कल्पना सुवेदी आदिले आ–आफ्ना रचनाहरु बाचन गर्नुभएको थियो भने ।

सम्बन्धित शिर्षकहरु