साउन ९ ।काठमाडौ,प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्केपछि पहिलो पटक आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारतबीच हुने छलफलको एजेन्डा तय गरेको छ ।
नेपाल-भारत संयुक्त आयोगको बैठकमा उठाउनको तय गरिएको यस एजेण्डा औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन ।
२३ वर्षपछि शनिबार काठमाडौंमा हुन लागेको नेपाल-भारत संयुक्त आयोगको बैठकमा उठाइने विषय र एजेन्डा बारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो ।
आयोगको बैठकमा सहभागी हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक भ्रमणमा आज साँझ काठमाडौं आउँदैहुनुहुन्छ ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन-१८ गतेबाट हुने नेपाल भ्रमणको तालिका समेत मन्त्रिपरिषद् बैठकले तय गरेको छ ।
सुरक्षाको कारण दर्शाउँदै मोदी भ्रमणको कार्यतालिका पनि सार्वजनिक गरिएको छैन ।
सरकारले अर्थ सचिव युवराज भुसाललाई नेपाल प्रशासनकि प्रशिक्षण प्रतिष्ठानको नायव निर्देशकमा र भर्खरै अवकास पाएका सचिव कृष्णहरि बास्कोटालाई उच्चस्तरीय प्रशासनिक सुधार आयोगकोे विज्ञ सदस्यमा नियुक्ति गरेको छ ।
त्यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको बाटोबाट सर्वसाधारणलाई हिड्डुलको स्विकृति पनि मन्त्रिपरिषद्ले प्रदान गरेको छ ।








