असनेपाल न्युज सम्बाददाता/
साउन ८, काठमाडौँ- नेपाली रजतपटमा राते काइलाको छबी बनाएका सदाबहार खलपात्र सुनिल थापा अब बलिउडमा पनि दमदार भूमिकामा देखा पर्दैछन्।

देवदास, ब्ल्याक, सवारिया र रामलिला जस्ता बहुचर्चित चलचित्र बनाइसकेका बलिउड निर्देशक सञ्जयलीला भन्सालीको बहु प्रतिक्षित चलचित्र ‘मेरी कोम’मा उनी नायिका प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको रुपमा मुख्य भूमिकामा देखिन लागेका हुन्।
३० बर्षपछि बलिउडमा पुनरागमन भएका अभिनेता सुनील थापा अभिनित सिनेमाबारे नायिका प्रियंका चोपडाले आफ्नो ट्विटरबाट सार्वजनिक गरेको ट्रेलरमा थापालाई शसक्त भूमिकामा देखिएको छ। आगामी सेप्टेम्बर ५ अर्थात भदौ २० गते रिलिज हुनेभ फिल्ममा प्रियंका मुख्य भूमिकामा छिन्। भारतीय बक्सिङ खेलाडी मेरी कोमको जिवनी माथि बनेको सो फिल्ममा प्रियंका चोपडा मुख्य हिरोइन हुन भने प्रियंकाको सपना पुरा गर्ने गुरुको भूमिकामा सुनील थापा देखिएका छन् । सार्वजनिक ट्रेलरमा सुनील थापाले प्रियंकालाई थप्पड हान्ने देखि लिएर अंगालो मार्नेसम्मका दृश्य देखिएका छन्।






