दक्षिण कोरियामा रेल दुर्घटना: १ को मृत्यु, दर्जनौ घाइते

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

साउन ६, काठमाडौँ – दक्षिण कोरियामा मंगलबार २ यात्रुबाहक रेल ठोकिदा १ जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी दर्जनौ घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरियाको राजधानी सिओलबाट २०० किलोमिटर टाढा रहेको तेइबेकको रिसोर्ट क्षेत्रमा एक लोकल र पर्यटक बोकेको रेल एक आपसमा ठोकिएर उक्त दुर्घटना भएको स्थानिय प्रहरीले जानकारी गराएको प्राप्त समाचारमा जनाइएको छ । स्थानीय प्रहरीका अनुशार ७० जना भन्दा बढी घाइते भएका छन् । मृतकको संख्या भने प्रहरीले नखुलाएको रोयटर्सको समाचारमा उल्लेख छ ।

 

 

सम्बन्धित शिर्षकहरु