साउन ३ ।अर्घाखाँची,अर्घाखाँचीको सन्धिखर्कमा बागी खोलाले बगाउँदै गरेको अवस्थामा एक युवतीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
सन्धिखर्क नगरपालिका-८ गच्छे निवासी २५ वर्षीया सरिता विकलाई फुद्बाङ्गमा बागी खोलाले बगाई रहेको अवस्थामा देखे पछि गस्तीमा गएको
प्रहरी टोलीले सकुशल खोलाबाट बाहिर निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताउनुभयो ।
खोलाले बगाएर घाइते बनेकी सरिताको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।







