कतै जाँदै हुनुहुन्छ ? यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं । केहिदिन यता मौसममा सुधार आएको छ । आज देशभर मौसम सामान्यतया सफा रहने भएतापनि पहाही भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना रहेको मौसम पुर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी रातिको समयमा देशको पूर्वी पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ ।

पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

आज (बिहीबार) दिउँसो पानी पर्ने सम्भावना भएपनि हावाहुरी तथा अन्य मौसमी प्रकोपको कुनै सम्भावना नहरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस् महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान

बैशाख २६ गते (बिहीबार):

दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

बैशाख २७ गते (शुक्रवार):
दिउँसो: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित शिर्षकहरु