काठमाडौ, नेकपा एमालेका नेता एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीले दोस्रो र्विवाह गर्नु भएको छ । पहिली पत्नी इन्द्रकला बरालसँग सम्वन्ध विच्छेद भएको कारण अधिकारीले दोस्रो विवाह गर्नु भएको हो ।
विवाहपछि स्वास्थ्यमन्त्री अधिकारीले दुलहीलाई सरकारी निवास पुल्चोकस्थित मन्त्री क्वाटरमै भित्र्याउनु भएको छ । अधिकारी मन्त्रीक्वार्टरमै दुलही भित्र्याउने नेपालका पहिलो मन्त्री हुनुहुन्छ ।
संयोगवस एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भएकै दिन बुधवार मन्त्री अधिकारीको पनि विवाह भएको छ । ललितपुर भैंसेपाटीकी शिक्षिका रमा पाण्डेसँग पुनर्विवाह गरेका हुन् । विवाहको भोज भैंसेपाटीको पार्टी प्यालेसमा भएको थियो, जसमा पार्टीका निवर्तमान अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र अध्यक्षमा पराजित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत सहभागी भएका थिए । विवाहमा अधिकारीकी छोरीसहित आफन्तहरुको सहभागिता रहेको थियो । मन्त्रीसँग विवाह बन्धनमा बाँधिएकी रमा सरकारी विद्यालयकी शिक्षिका हुनुहुन्छ । मन्त्री अधिकारीले रमासँग गत असारमा नै कोर्ट म्यारिज गरेको पारिवारिक श्रोतले जनाएको छ ।








