![]()
सिड्नि। नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मजयन्ती अस्ट्रेलियामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। सिड्नी तथा अन्य स्टेटमा बिभिन्न साहित्य प्रेमि तथा सर्जकहरूको उत्साहपुर्ण उपस्थितिका विच सो कार्यक्रम सम्पन्न भएको छ। कविता ,गजल ,गीत ,कार्यपत्रको प्रस्तुति, रामायण वाचन र भानु सम्मान जस्ता गतिविधि विच सो कार्यक्रमका आकर्षण रहेका थिए । भानु द्द्विशतवार्षिकी मुल समारोह समिति अस्ट्रेलिया का अध्यक्ष तथा साहित्यकार भीमसेन सापकोटाको संयोजकत्वमा सम्पन्न सो समारोहलाई न्यु साउथ वेल्सका माहावणिज्यदुत दिपक खड्काले एक औपचारिक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको थियो । समारोहमा झण्डै ३ दर्जन रचनाहरू वाचन गरिएका थिए । भानु सम्झना , देश प्रेम , प्रवासि पीडा , विदेशि जीवन शैली लगायतका बिषयमा रचनाहरू केन्द्रित बनेका थिए । नेपाली राजदुतावास क्यानवेरा ,अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अ ने सा स) न्यु साउथ वेल्स ,नेपाली कला साहित्य तथा संस्कृति प्रतिस्ठान (एन के एस एस पि) समेतको समन्वय रहेको सो कार्यक्रममा सुरेन्द्र दवाडि ले भानु का वारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । महेन्द्र पौडेल , भीमसेन सापकोटा ,जानकि पौडेल , सुजाता के सि, सानु घिमिरे , निस्प्रभ सजि, जितेन्द्र मल्ल , सुरेन्द्र दवाडि , रुमु नौपाने ,मुक्ति पोख्रेल , चतुर्भुज खरेल , ममता तिवारि ,प्रदिप चापागांई ,सीमा रोशि,योगेश पुडाशैनि,विनायक अधिकारि,डा प्राकश पौडेल ,लगायतका कवि तथा कवयित्रिहरूले आ-आफ्ना रोचक प्रस्तुति राख्नु भएको थियो । विकास उप्रेति, राजेश के सि ,इश्वर पोख्रेल ले आ-आफ्ना स्वरमा कार्यक्रमलाई संगीतमय पारेका थिए । रविन्द्र कुमार शर्मा को ब्यवस्थापन र महेन्द्र पौडेलको अभाध्यक्षतामा सम्पन्न सो समारोहमा चतुर्भुज खरेल ले स्वागत तथा रामायण वाचन गरेका थिए। ममता तिवारीले समेत रामयाण पाठ गरेको सो कार्यक्रममा सुजाता के सि ले सबैमा धन्यवाद ब्यक्त गरेकि थीइन । संयोजक सापकोटाकै रोचक सन्चालनमा सम्पन्न सो कार्यक्रममा यस अघि ,महावाणिज्य दुत खड्काले कविताहरू अतिनै उच्च स्तरका रहेका र सबै प्रस्तुतिले गहिरो गरि मन छोएको बताउँदै नेपाली साहित्यको प्रवर्द्दनमा नेपाल सरकारले चालेको नीतिको स्रहाना गर्नुभयो । नेपालबाट आउनु भएका साहित्यकार हरू शोभाकान्त गौडेल र केदार पोख्रेल समेतले अतिथि प्रस्तोताका रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो । भानुभक्त आचार्यको द्विशतवाषिर्की समारोहलाई विश्वभरि भब्यताका साथ मनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय बमोजिम अस्ट्रेलियाका सबै स्टेटमा गरि साहित्यकार सापकोटाको संयोजकत्वमा ३५ सदस्यिय एक मुल समारोह समिति गठन गरिएको थियो । मन्त्रालयको निर्देशन अनुसार अस्ट्रेलियामा रहनुभएका साहित्यिक ब्यक्तित्व र सम्वन्धित संघ संस्थाका पदाधिकारी विच सो समिती गठन गरिएको थियो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेख्नुभएका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका थिए । आदिकवि आचार्यको द्विशतवार्षिक समारोहका अवसरमा भानु प्रतिष्ठानले ‘भानुभक्तको रामायणको विशेष संस्करण’ प्रकाशन गरेको छ जसको लोकार्पण शुक्रबार भएको थियो । उनका हस्ताक्षरमा आधारित भानुलिपिको विकास गरी ‘भानुभक्तको रामायण’को नेपाली मौलिक संस्कृति झल्कने गरी विशेष संस्करण प्रकाशन गरिएको हो ।