एमालेको मत गणना जारि: थोरै मतले के पी प्यानल अगाडी

अस नेपाल न्युज लाइभ अपडेट/

एमालेको  काठमाडौँमा सम्पन्न नवौ महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।  मतगणना बिहान ८ बजेदेखि नै  सुरु गर्ने भनिए पनि दिउँसो १२ बजेदेखि सुरु भएको हो । दशरथ रंगशालास्थित कबर्ड हलमा मतगणना भैरहेको छ । मतगणनास्थलमा सीसीटीभी जडान गर्न समय लागेकाले गणना ढिला सुरु भएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

बेलुकी पौने छ बजेको मतगणना अनुशार पधधिकारिमा के पी प्यानल झिनो मतले अगाडी देखिएको छ । पछिल्लो मतपरिणाम एस्तो छ ।

अध्यक्ष                   मत                            मत
माधव नेपाल            ८७             केपी ओली     १०६
उपाध्यक्ष
भिम रावल              ९५          वामदेव गौतम         ११२
युवराज ज्ञवाली         ९५           विद्या भण्डारी     १११
अष्टलक्ष्मी शाक्य     ९२             प्रदीप नेपाल     १००
लालबावु पण्डित       ८५           धर्मनाथप्रसाद साह     ९६
राजेन्द्रप्रसाद पाण्डे     ८६            किरण गुरुङ     १०१
महासचिव
सुरेन्द्र पाण्डे              ९०         ईश्वर पोखरेल     १०८
उपमहासचिव
रघुजी पन्त               ८३           विष्णु पौडेल     १११
घनश्याम भुसाल        ९२         शंकर पोखरेल     ११०
सचिव
गोकर्ण विष्ट             १०५        प्रदीप ज्ञवाली     १११
योगेश भट्टराई            ८७         विष्णु रिमाल     १०३
बेदुराम भुसाल            ८२      पृथ्वी सुब्बा गुरुङ     १०८
पर्शुमेघी गुरुङ              ९२    रघुवीर महासेठ     ९७
भीम आचार्य               ८४    केशवलाल श्रेष्ठ     ८७

एमालेमा सुरुमा पदाधिकारी र त्यसपछि केन्द्रीय सदस्य तथा आयोगको मतगणना हुने आयोग अध्यक्ष सोमनाथ अधिकारीले जानकारी दिए ।  एमालेमा पदाधिकारी संख्या १४ छ । केन्द्रीय समितिमा १ सय ५८ र अनुशासन तथा लेखा परीक्षण आयोगका २१/२१ सिटका लागि ४ सयभन्दा बढी उम्मेदवार भएकाले यसको नतिजा आउन थप एक/दुई दिन लाग्ने अनुमान छ ।

सम्बन्धित शिर्षकहरु