दिक्पाल भन्दैछन्, ‘प्लिज एकपटक भेटिदेउ न’

अस्ट्रेलिया, सञ्चारकर्मी तथा गायक दिक्पाल देव पंगेनीले भ्यालेन्टाइन डे को अवसर पारेर कोसेलीका रुपमा प्रेम गीत “भेटी देउन..” सार्वजनिक गरेका छन्। अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका दिक्पालले १४ फ्रेब्रुवरी आइतबार युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। भिडियो दिक्पालको पहिलो एल्बम “अभिशा” को पहिलो म्युजिक भिडियो हो। एल्बम ुअभिशाुमा ६ गीत रहेका छन् जसलाई मेमा सार्वजनिक गरिनेछ।

गीतमा उनकी पत्नी सम्झना पंगेनीको शब्द रहेको छ। भिडियोमा  मोडल प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका कर्माचार्य, सुमन तिमल्सिना र प्रतिक्षा अधिकारी र दिक्पालले अभिनय गरेका छन्।भिडियोको निर्देशन, सम्पादन र छायाङ्कन जीवन रसाइलीले गरेका हुन्।

सम्बन्धित शिर्षकहरु