असनेपाल न्युज सम्बाददाता/
साउन १४, काठमाडौँ – प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको अबशर पारेर भारतसँग उर्जा व्यापार सम्झौता गर्नुपर्नेमा तीन दल सहमति भएका छन् । 
मोदीको यही साउन १८ गतेदेखि हुने नेपाल भ्रमणमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्नुपर्नेमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओादी सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भारतसँगको सम्झौताको प्रारूप तयार पार्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । समितिमा काँग्रेसका तर्फबाट अर्थमन्त्री रामशरण महत, एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ । कार्यदलले दुई देशको हित हुने गरी भारतीय प्रधानमन्त्रीको भ्रमणअघि नै सम्झौताको खाका बनाउन आवश्यक गृहकार्य गर्ने एमाओवादीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यदलले सम्बन्धित सरकारी अधिकारीसँग समेत छलफल गरी आवश्यक प्रस्ताव तयार पारेर राजनीतिक दलको बैठकमा राख्ने र बैठकबाट सहमति कायम गरेर भारतसँग प्रस्ताव लैजाने सहमति भएको उहाको भनाइ थियो । ती सम्झौतामा गर्दा भारतले मात्रै नभई अन्य मुलुकले पनि नेपालमा ऊर्जामा लगानी गर्न र अन्य मुलुकलाई पनि विद्युत बेच्ने गरी सम्झौता हुनुपर्नेमा दलहरूको एकमत रहेको जानकारी उहाले दिनुभयो ।








