असार २४ । उदयपुर,उदयपुरको लाफागाउँ-१ पाकटाको सल्लाघारी जङ्गलमा एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।
सल्लाको खोटो सङ्कलन गर्न आएका भारतको कास्मिरका अन्दाजी ३५ वर्षीय बलिन्द्र सिंह जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरीस्थित तरहराको टर्पेन्टाइन प्रालिमार्फत असार २३ गते भारतीय १५ जनाको टोली सल्लाको खोटो सङ्कलन गर्नका लागि उदयपुरको लाफागाउँस्थित पाकडाको जङ्गलमा पुगेको थियो ।
खोटो सङ्कलन गर्न गएका करिन्द्र सिंह फर्केर आए पनि बलिन्द्र सिंह र कलेन्द्र सिंह फर्केर नआएपछि अन्य साथीहरु उनीहरुलाई खोज्न जाँदा बलिन्द्र सिंह भने जङ्गलमा सेउलाले छोपेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।








