सिड्नीमा बस्दै आएका एक नेपालीको समुद्रमा डुबेर मृत्‍यु

अस्ट्रेलियाको सिड्नी स्थित एसफिल्डमा बस्दै आएका एक नेपाली युवकको समुद्रमा डुबेर मृत्‍यु भएको छ ।
न्यू साउथवेल्सको सेन्ट्रल कोस्टस्थित एभोका तटमा गएका लोमस पराजुलीको समुद्रमा डुबेर मृत्यु भएको न्यु साउथ व्हेल्स पुलिस फोर्सले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएको छ । साथीहरुसँगै समुन्द्रमा पौडी खेल्दै गर्दा लोमस पराजुलीको सोमवार डुबेर मृत्यु भएको हो । तीन जना साथीसँगै दिउँसो करिब एक बजेतिर समुद्री तटमा फुटबल खेल्दै, पौडदै गर्दा उहा दुर्घटनामा पर्नु भएको थियो । २६ वर्षका पराजुलीको घर नेपालमा विराटनगरमा रहेको बताइएको छ ।

छेउमै पौडी खेल्दै गरेका पराजुली अचानक कसरी डुब्न पुगे भन्ने कुराको केही जानकारी आउन सकेको छैन । घटनालगत्तै प्रहरी र गोताखोरको सहयोगमा उहालाई अस्पताल लैजाँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए । यसअघि पानीबाट निकाल्ने वित्तिकै उनको प्राथमिक उपचार गरिएको भएपनि सफल हुन सकेन । उहाको शव यतिबेला गोस्फोर्ड अस्पतालमा राखेर पोष्टमार्टम भैराखेको छ ।

 

सम्बन्धित शिर्षकहरु