काभ्रे बहुमुखी क्याम्पसमा जनमत वाङ्मय पुस्तकालय स्थापित

काठमाडौँ,काभ्रे जिल्लाको बनेपा-११ बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसमा जनमत वाङ्मय पुस्तकालय स्थापना भएको छ ।

‘जनमत’ वाङ्मय प्रतिष्ठानको सक्रियतामा स्थापित पुस्तकालयमा राष्ट्र भाषा नेपाली तथा नेवारी, मैथिली, तामाङ आदि राष्ट्रिय भाषाका साहित्यिक, सांस्कृतिक, शैक्षिक एवं समाजशास्त्रका कृति रहने छन् ।

यस पुस्तकालय आगामी साउनदेखि औपचारिक रुपमा सञ्चालनमा आउने छ ।

त्यससम्बन्धी सम्झौतामा प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल र क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थले हस्ताक्षर गर्नुभयो ।

पुस्तकालयमा साहित्यिक पत्रिकाका साथै वाचनालय पनि रहने छ ।

पुस्तकालयका लागि साहित्यकार दुवालले आफूसँग रहेका चार हजार साहित्यिक कृति प्रदान गरिसक्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु