सौराहालाई सुन्दर नगर बनाउन अभियान सुरु

असार २१ ।चितवन,चितवनको सौराहालाई स्वच्छ र सुन्दर नगरी बनाउने उद्देश्यले वृक्षरोपण अभियान सुरु गरिएको छ ।

सौराहालाई स्वच्छ, सफला र सुन्दर नगरी बनाउन हरियाली सौराहा अभियान थालिएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष हरिभक्त घिमिरेले जानकारी दिनुभयो ।

सौराहामा अहिले एकसयभन्दा बढी सुविधासम्पन्न होटल छन् ।
सौराहामा यसअघि निर्माण भएको गुरुयोजनामा पनि वृक्षरोपण र व्यवस्थित बजारलाई प्राथमिकता दिइएको छ ।

सोही योजनाअनुसार हरियाली सौराहा अभियान थालिएको गुरुयोजना निर्माण समितिले जनाएको छ ।

यो वर्ष सौराहाको क्षेत्रमा मात्रै एक हजारभन्दा बढी विरुवा रोप्ने योजना छ ।

जिल्ला वनले पनि चितवनमा वृक्षरोपणलाई प्राथमिकता दिएको छ ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य भएर पनि सौराहा व्यवस्थित हुन सकेको छैन । यहाँका रेस्टुरेन्ट व्यवसायीले समेत उज्यालो सौराहा कार्यक्रम सुरु गरेका छन् ।

त्यसैले सबै कुरालाई व्यवस्थित गर्न अभियान चलाइएको पर्यटन व्यवसायीले बताएका छन् ।

यहाँ आउने पर्यटक थारु सांस्कृतिक पहिचानसँगै जङ्गली जनावरको अवलोकन तथा हात्ती सफारीका लागि लालायित हुन्छन् ।

 

 

 

 

 

 

जर्मनी र ब्राजिल सेमीफाइनल प्रवेश, फ्रान्स र कोलम्बिया घर फर्किए

काठमाडौँ, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।
ब्राजिलको फार्तालेजामा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो ।
ब्राजिलको जितका लागि कप्तान थिएगो सिल्भा र डेविड लुइजले गोल गरे । कप्तान सिल्भाले खेल सुरुवाती सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । उनले नेयमारले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै बायाँ खुट्टाले प्रहार गरेको बलले सिधै जाली चुम्मेको थियो ।
यस्तै खेलको दोस्रो हाफमा ब्राजिलका अर्का खेलाडी लुइजले एक गोल थपे । उनले खेलको ६९ औँ मिनेटमा प्रहार गरेको सान्दार फ्रिकिक बलले सिधै जाली चुमेपछि ब्राजिलको जित सुनिश्चित भयो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी प्रतियोगितामा १० गोल गरेको छ भने चार गोलमात्र खाएको छ । प्रिक्वाटरफाइनल खेलमा ब्राजिलले चिल्लीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइलन प्रवेश गरेको थियो ।
यस जितसँगै ब्राजिलका स्ट्राइकर नेयमारले ढाडमा चोटग्रस्त भएपछि आगामी सेमिफाइनलको खेल नखेल्ने भएका छन् । खेलको ८७ औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले मैदानमा लडाएपछि नेयमारलाई स्टेचरमा राखेर अस्पताल पु¥याएको थियो ।
खेल अवधिभर कोलम्बियाले खासै राम्रो प्रदर्शन गर्न सकेन । कोलम्बियाका खेलाडी जेम्स रेड्रिगेजले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । ब्राजिलका गोलकिपर जुलियो सिजरले फल गरेपछि कोलम्बियाले पाएको पेनाल्टीलाई रेड्रिगेलले खेलको ८० औँ मिनेटमा गोल फर्काएका थिए । उनी जारी विश्वकपमा हालसम्म सबैभन्दा धेरै गोल गर्दै गोल्डेनबुटको दाबेदार बनेका छन् । उनले प्रतियोगितामा छ गोल गरिसकेका छन् । विश्व फुटबल इतिहासमा लगातार पाँचवटा खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
कोलम्बियाले प्रिक्वाटरफाइनल खेलमा उरुग्वेलाई पन्छाउँदै विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरे पनि अघिल्लो चरण प्रवेशको सपना भने चक्नाचुर हुन पुग्यो ।
जारी प्रतियोगितामा नेयमारले चार गोल गरेका छन् । विश्व वरियतामा तेस्रो स्थानमा रहेको ब्राजिलले सेमिफाइनल भिडन्तमा जर्मनीको सामना गर्नेछ । सबै संस्करणको विश्वकपमा सहभागी ब्राजिल लगातार छैटौ पटक सेमिफाइनलमा पुगेको हो ।
लगातार छैटौपटकसम्म क्वाटरफाइनल खेलको ब्राजिलले यसअघि सन् २००६ र २०१० मा भएको क्वाटरफाइनल खेलमा क्रमश फ्रान्स र नेदरल्याण्डसँग मात्र पराजित भएको थियो ।
घरेलु मैदान र दर्शक साथ रहेको ब्राजिल छैटौ पटक उपाधि जित्ने होडमा छ । ब्राजिलले पछिल्लो समयमा खेलेको २५ खेलमध्ये गत अगष्टमा भएको स्विट्जरल्यान्डविरुद्वको खेलमा मात्र हार भोगेको थियो ।
यस्तै घरेलु मैदानमा भएको ४१ खेलमा अपराजित रहेको ब्राजिल सन् २००२ मा प्यारागुइनसँग मात्र हार भोगेको थियो ।
जर्मनी विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
ब्राजिलको रियो दि जेनेरियो मैदानमा गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
जर्मनीको जितका लागि म्याट्स हुमेल्सले खेलको १३ औँ मिनेट गरेको एक गोल नै निर्णायक गोल सावित भयो । जर्मनीका खेलाडी टोनी क्रुसको फ्रिकिकलाई सदुपयोग गर्दै हुमेल्सले हेड गोल गरे ।
जितसँगै जर्मनीले विश्पकप प्रतियोगितामा लगातार चार पटक सेमिफाइनलमा प्रवेश गर्दै नयाँ किर्तिमानसमेत कायम ग¥यो । जर्मनी सन् २००३ को विश्वकपमा उपविजेता बनेको थियो भने सन् २००६ र २०१० मा तेस्रो स्थान हासिल गरेको थियो । जर्मनीले हालसम्म तीनपटकको विश्वकपको उपाधि हासिल गरेको छ ।
सन् १९९० को विश्वकपमा उपाधि हासिल गरेयता जर्मनीले उपाधि जित्न सकेको छैन भने यो जितसँगै जर्मनी उपाधि जित्ने दाउमा छ ।
खेलको विभिन्न समयमा फ्रान्सले निकै सुनौला अवसर प्राप्त गरे पनि त्यसको सदुपयोग भने गर्न सकेन । खेलको पहिलो हाफ र दोस्रो हाफको अत्तिरिक्त समयमा फ्रान्सका करिम बेन्जीमाले प्रहार गरेको बललाई जर्मनीका गोलकिपरले विफल बनाइदिएपछि फ्रान्सको सेमिफाइनलमा प्रवेश गर्ने सपना चक्नाचुर बन्न पुग्यो ।
यसअघि फ्रान्सले सन् १९५८, १९८२, १९८५, १९९८ र २००६ मा सेमिफाइनल पुगेको थियो भने सन् १९९८ मा भने विश्वकपको उपाधि हासिल गरेको थियो ।

 

 

 
अपहरणकारीहरु

सौतेनी आमा ममता घिमिरे धमलालाई मार्न १५ लाख रुपैया खर्च गरेर अपहरण गर्न लगाउने सौतेनी छोरी ऋचा धमला सहित घटनामा संलग्न सुरेश गुरुङ्ग, शेषमान तामाङ्ग, आशमान लामा, सुशिल नापित, राजेश गुरुङ्गलाई सार्वजनिक गर्दै प्रहरी ।

सम्बन्धित शिर्षकहरु