यूएईमा सिन्धुपाल्चोक सेवा समाज यूएई गठन

यूएई । रोजगारीको क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीले सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन गरेका छन ।

युएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकतृत गर्दै गाउँठाउँ र जिल्लावासीको हीतका लागि यो सेवा समाजको गठन गरिएको हो ।

गत २७ जुन २०१४ शुक्रवारका दिन दुबईमा सम्पन्न एक भेलाले बिदुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गर्दै समिती गठन कार्यलाई पूर्णता दिएको हो ।

नवगठित समाजको मूल उद्देश्य रोजगारीका क्रममा यूएईमा रहेका नेपाली श्रमिकहरुलाई आइपर्ने समस्यामा यथाशक्य सहयोग पुर्याउने र आफ्नो जिल्लामा आइपर्ने बिभिन्न प्राकृतिक प्रकोप, महामारी तथा गरीब र असहाय जिल्लावासीहरुको सहयोगमा केन्द्रित हुनेछ ।

समाजले चाडै नै यूएईमा रहेका सबै सिन्धुपाल्चोकवासी समक्ष आफ्नो पहुँच विस्तार गर्ने बताउदै यहाँ रहेका सम्पूर्ण जिल्लावासीलाई सम्पर्कका लागि आग्रह समेत गरेको छ ।
अलग अलग गाउँबाट आएका सबै जिल्लावासीलाई एकताको सुत्रमा बाँध्ने यस महान अभियानमा कोहि पनि छुट्न नहुने समाजका प्रथम उपाध्यक्ष दिपक राउत बताउछन ।

पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको उक्त कार्यक्रमको सुरुवात रास्ट्रिय गान बजाएर गरिएको थियो । तदर्थ समितीका संयोजक बिदुर न्यौपानेको सभापतित्व तथा समाजसेवी राजेश बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले न्यौपानेकै नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ । जस अनुसार प्रथम उपाध्यक्षमा दिपक राउत, द्वितीय उपाध्यक्षमा बिमल गिरी, सचिवमा मनोज नेपाल, सह सचिव लक्ष्मण लामा, कोषाध्यक्ष सुश्री सुकु स्याङ्बो, सह कोषध्यक्ष सरोज न्यौपाने र सदस्यहरुमा युवराज भट्टराई, इश्वर गिरी, संजीमाया लामा, अशोक लामा, रेवन्त थापा, सरोज खड्का, चमेली लामा, रमेश राउत रहेका छन् | सोहि भेलाले उत्तम अधिकारी, अमित पौडेल, राजेश बोहोरा र राजेश श्रेष्ठलाई समाजको सल्लाहकारमा चयन गरेको छ ।

मनोज नेपालद्वारा संचालित सो कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए । जिल्लावासीहरु बीच सहज सम्पर्क, समन्वय, आपसी सहकार्य र सहयोग आदानप्रदानका लागि समाज कोसेढुङ्गा सावित हुनेमा सबैले विश्वास व्यक्त गरे । यस अघि न्यौपानेकै संयोजकत्वमा यूएईमा रहेका सिन्धुपाल्चोकवासीको पहिचान गरी संस्था निर्माण र संचालनमा सकृय हुनेहरुको खोजी सहित पूर्ण कमिटी गठनका लागि एक तदर्थ समिती निर्माण भएको थियो । पूर्ण कमिटी गठन भएसंगै उक्त तदर्थ समिती भंग भएको छ ।

सम्बन्धित शिर्षकहरु