इराकी आतंकवादीले एक जोडीलाई ढुंगाले हानेर हत्या गरे

इराक । इस्लामिक स्टेटका आतंकवादीहरुले विवाह अघि यौन सम्बन्ध कायम गरेको आरोप लगाउदै एक युवक र युवतीलाई सार्वजनिक स्थलमा ढुङ्गाले हानेर  मारेका छन् ।चरमपन्थी संगठनले मोसुलको मुख्य चोकमा युवक र युवतीको हत्या गरेका हुन । उक्त क्रुर कुकृत्यको तस्वीर सार्वजनिक भएको छ । इराकको निन्वेह प्राप्तको मोसुलमा युवक र युवतीलाई यसरी मारिएको हो । उक्त क्रुर कृत्यमा पीडितलाई चारैतिरबाट घेरा हालेर ढुंगा हानेको देखिएको छ।

प्रत्यक्षदर्शी केही व्यक्तिले आफ्नो बच्चा काँधमा राखेका छन् । उनीहरुले बच्चालाई उक्त दृष्य देखाउन यसरी बच्चालाई काँधमा उचालेका हुन् ।
मोसुलस्थित आईएसआइएसका प्रमुख अबु अन्सार अल–अन्सारीले युवक र युवतीका विरुद्ध आरोप पढेर सुनाएका छन् । त्यसपछि उनले युवक र युवतीलाई ढुंगाले हानेर मार्न आदेश दिएका छन् ।

सम्बन्धित शिर्षकहरु