मुक्तिनाथ दर्शनमा पुगेका मोदीलाई १०८ शालिग्राम उपहार,के हो शालिग्राम ?

काठमाडौं । मुक्तिनाथ दर्शनमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यवसायी तथा अखण्ड बाबा मुक्तिनाथ ट्रस्टका संरक्षक अजेयराज सुमार्गीले रुद्राक्षको माला लगाइँदिदै उपहारस्वरुप १०८ शालिग्राम प्रदान गरेका छन्।

मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीलाई स्वामी कमलनयनाचार्यले स्वागत गर्नुका साथै पूजापाठ गराएका थिए। अचार्यले मुक्तिनाथ मन्दिरबारे पनि प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए।

 

के हो शालिग्राम ?

हिन्दूहरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) नै शालिग्राम हाे । संस्कृतमा यसलार्इ शालग्राम भनिन्छ । पश्चिम नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलार्इ साक्षात् विष्णुकाे अवतारका रूपमा लिन्छन् ।
शालिग्राम विशेष गरी धार्मिक रुपले भगवान विष्णुको प्रतिकका रुपमा लिइन्छ । यसलाई शालाग्राम, शालिग्राम, शालिग्रामा र सालाग्राम पनि भनिन्छ । यो शालिग्राम नेपालको कालिगण्डकी नदीको किनारामा पाइने कालो रंगको पत्थरको मूर्ति हो । जुन कलात्मक रुपमा गोलो आकारमा चक्र जस्तो कुँदिएको जस्तो हुन्छ ।

शालिग्राम सेतो, निलो रंगमा पनि हुन्छ तर यो निक्कै दूर्लभ मानिन्छ । धार्मिक रुपमा शालिग्राममा भएको बुट्टालाई भगवान विष्णुको चक्रको रुपमा लिइन्छ । कालो ढुंगामा गोलो आकारमा पुरा चक्र जसरी कुदिएको छ भने त्यसलाई भगवान विष्णुको सुदर्शन चक्र भनिने गरिन्छ ।

शालिग्राममा भगवानको सम्पूर्ण अवतारमा हुने गरेको धार्मिक विश्वस छ । यदी शालिग्राममा माछाको आकार छ भने त्यसलाई भगवान विष्णुको मत्स्य अवतार मानिन्छ भने कछुवाको आकारमा भएको शालिग्रामलाई भगवान विष्णुको कछुवा रुप कुर्म अवतारको रुपमा लिइन्छ ।

सम्बन्धित शिर्षकहरु