अष्ग्ट्रेलिया र विश्वका विभिन्न देशमा यस्तो छ टिकाको साईत !
असनेपालन्युज । सिड्नी । विश्वका विभिन्न स्थानमा सोहि देशको मुहुर्त गणना अनुसार विजया दशमिको टिका ग्रहण गर्दा त्यसको शुभतामा बढावा आउने बताईएको छ । जस अनुसार सहि सुचना प्रवाह होस् भन्दै हरेक वर्ष झैं असनेपाल न्युजले निम्नअनुसार साईत तालिका प्रकाशन गरेको छ। मुहुर्तलाई अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिले गणना गरेको समितिका सचिव लक्ष्मण पन्थी बताउंनु हुन्छ । अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिका सभापति डा माधव भट्टराई भन्नुहुन्छ : देश अनुसारकै मुहुर्त गणना गरेर हामिले यो समय सम्पादन गरेका हौं । हरेक शुभ उर्जामा साधना वा सँस्कार सम्पन्न गरिंदा यसको लाभ अन्यय हुन्छ । कर्मकाण्डलाई कतिपयले केवल जीविको पार्जनको पेशा मात्र बनाउंदा यसबाट यथेष्ट फल नमिलेको विज्ञहरुको राय छ ।
पुर्वीय र पाश्चात्य दुवै ज्योतिष पद्दतिमा आचार्य गर्नु भएका योगी आचार्य राजन शर्मा भन्नुहुन्छ दशैंको टिका जस्तै अन्य शुभ कर्म उपयुक्त्त साईतमै गर्नु पर्ने हुन्छ । “मुहुर्त भनेकै ग्रह तारा र अन्य ब्रम्हाण्डिय उर्जाको संयोग हो , यसको सहि सदुपयोग बाटै सत्संस्कार बाँच्न सक्छ । जसअनुसार विभिन्न देशको साईत यस्तो छ :









