डेंगुको उपचारमा सहयोगी योग, आसन, मुद्रासहितको योग शिविर सञ्चालन हुँदै, नवरात्र ध्यान साधना शुरु


काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।

काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगिसकेको छ।

यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

डेंगु महामारीको रोकथाम र उपचारमा सहयोगि योग आसन,मुद्रा,आर्युवेद प्राकृतिक चिकित्सा आहार, विहार र अक्कुप्रेसर सहितको अति उपयोगी योग शिविर सञ्चालन हुँदैछ ।

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज परिवार (GSPSS) समाजद्वारा आयोजित योग शिविर अन्तर्राष्ट्रिय योग गुरु , दार्शनिक चिन्तक ,सकारात्मक सोच अभियन्ता आचार्य श्री राजन शर्मा गुरुज्युको प्रत्यक्ष मार्गनिर्देशन हुनेछ ।

डेंगुको रोकथाम र उपचारमा सहयोगी योग आसन,मुद्रा,आर्युवेद प्राकृतिक चिकित्सा आहार, विहार र अक्कुप्रेसर सहितको अति उपयोगि साधनहरु योग शिविरमा हुनेछ ।

अन्तर्राष्ट्रिय योग गुरु शर्मा दीर्घ साधना अनुभव बाट खारिएको ज्ञान, विश्वका योगा अलायन्सको ईजाजत प्राप्त पाठ्यक्रम , विश्वका विश्वविध्यालयका अनुसन्धान र शात्रिय रुपले प्रमाणित हाम्रो शिक्षक प्रशिक्षण अन्तर्गतको योग पाठ्यक्रममा , रोग अनुसारको योग ,संष्कृत, खगोल गणित ,वाक कला , आयुर्वेद ,प्रार्थमिक उपचार , वास्तु विज्ञान ,अंग्रेजी भाषा ,तन्त्र ध्यान ,षटकर्म,उपनिषद,वैदिक गणित अध्ययन गर्न सक्ने व्यक्तित्व हुनुहुन्छ । योग शिविर नित्यब्रम्ह मुहुर्त तन्त्र ध्यान ४ -५ बजे । ५-६:३० प्रात: सञ्चालन हुनेछ ।

सहभागिताको लागि तल उल्लेख गरिएको जुम आइडी मार्फत जोडिन सक्नु हुनेछ ।

Yoga Teacher Training Everyday
Time: 4:-6-30am Nepali time & 8 am Sydney Australia
Join Zoom Meeting
https://us02web.zoom.us/j/81882217949…
Meeting ID: 818 8221 7949
Passcode: gspss
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
GSPSS Yoga Teachers Training 200 Hour to 1500 Hour Yoga Course Registration with Renowned Master yoga Teacher(MYT)Acharya Rajan Sharma . Every day . Nepal time 4-6 am and Australia Sydney time 9am-11am.
Level 1 Certificate III to Diploma Level
Globally Recognised Degree – Registered with International Yoga Alliance and Yoga Alliance Australia.

गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

नवरात्र ध्यान साधना आजदेखि शुरु

त्यस्तै नवरात्र ध्यान साधना आजदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय योग गुरु , दार्शनिक चिन्तक ,सकारात्मक सोच अभियन्ता आचार्य श्री राजन शर्मा गुरुज्युको प्रत्यक्ष मार्गनिर्देशन नवरात्र ध्यान साधना शुरु भएको हो ।

आश्विन १० गते सोमबार घटस्थापनाका दिनदेखि नौ दिनसम्म लगातार श्रद्धेय गुरुदेवको प्रत्यक्ष मार्गनिर्देशनमा नवरात्र विशेष ध्यान साधना हुनेछ । यसमा सहभागिताको लागि तल उल्लेख गरिएको जुम आइडी मार्फत जोडिन सक्नु हुनेछ ।

जुम आईडि: 81882217949
पासकोड: gspss
समय: ०३:५५ बिहान

सम्बन्धित शिर्षकहरु