अध्यात्मिक र पाखण्ड कसरी जान्ने ? के अध्यात्मिक उचाईको कुनै लक्षण हुन्छ ? (भिडियो सहित)

हामीले ध्यान राख्नु पर्छ कि हामी साधनाको जुन मार्गको चयन गर्छैं त्यो हाम्रो अध्यात्मिक क्षमता अथवा अध्यात्मिक स्तर अनुसार हुनुपर्छ । यदि कोही विद्यार्थी जो तिन कक्षामा उत्तीर्ण भयो, यदि तेस्रो कक्षाको पाठ्यक्रम नै निरन्तर अध्ययन गरि रहयो भने उनी चार कक्षाको परिक्षा दिन सक्षम हुन सक्दैन ।

अध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयमको अध्ययन हो । प्रत्येक जीवनको एक-एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ ।

यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन । यो स्वभाव जान्ने केमेस्ट्री हो । अध्यात्म मानव मनको तहको अजब-गजब रासायनिक विश्लेषण हो ।’

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन-मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो ।

म को हुँ ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । शरीर त म होइन । हात, खुट्टा, आाखा, टाउको, मुटु, मिर्गौला, फोक्सो पनि ‘म’ होइन । म को हो त ? यही खोजले अध्यात्मको मार्गमा डोहोर्‍याउछ ।

यसो भन्नुहुन्छ-‘अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटा’

सम्बन्धित शिर्षकहरु