अष्ट्रेलिया र अन्य देशमा दशैंमा टिकाको साईत यस्तो अनौठो

असनेपाल न्युज ,सिड्नी ।
अष्ट्रेलियाको विभिन्न शहर र अन्य देशमा टिकाको साईतलाई नेपाल पन्चाङ्ग निर्णायक समितिले यसरि सार्वजनिक गरेको छ । जसनुसार सिड्नीमा विजया दशमिका दिन(5 October) १०:४१ , मेलवर्नमा १०:५५ ब्रिस्बेन ११: ५ बजे रहेको छ । यस्तै अन्य देशमा पनि निम्न अनुसारको साईत रहेको छ ।
अष्ट्रेलियाको पशुपति बौद्द धाम तथा विश्व शान्ति आश्रममा यसपालि बाट डब्बो , सिड्नी ,काउरा , क्यानवेरा , बाथर्स्ट ,ओरेन्ज लगायतका शहरका लागि एक मुष्ट जमारा राखिने बताइएको छ । छ । साईतमै टिका ग्रहण गर्दाको लाभ अन्यन्य हुने भए पनि काम विशेषले नभ्याउंने हरुले दिनैभरि टिका , जमारा आशिर्वाद ग्रहण गर्न सकिने सो धामका प्रमुख तथा योगी आचार्य राजन शर्मा बताउंनु हुन्छ ।

यसै विच विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले विश्व भरिकै ध्यान प्रेमिका लागि नवरात्र भर हरेक दिन कुण्डलिनि उर्जा ध्यान सन्चालन गर्ने जनाएको छ । अनलाईन मार्फत सहभागि भई लाभ उठाउंन विश्व शान्ति समाजको फेसबुक पेजमा जोडीन सकिने जनाईेएको छ ।

सम्बन्धित शिर्षकहरु